
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा आइतबार बिहान ७ः४० १ हजार ३ सय ४१ जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार फेला परेकामध्ये ५२३ पुरुष, ३३२ महिला र ४९३ वटा आंशिक मानव अंग रहेका छन् । फेला परेका शवमध्ये ५८ जनाको शव हस्तान्तरण गरिएको छ।
बाढीपछि बेपत्ता भएकाको खोजी तथा उद्धार कार्य जारी रहेको छ । प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा ७ हजार ५१२ जना प्रहरी परिचालन गरिएको छ। खोज तथा उद्धारका क्रममा ६५ जना प्रभावित भएका छन् भने २५ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
बाढीपछि ४ हजार ४४ जना बेपत्ता रहेको प्रहरीको विवरणमा उल्लेख छ । तीमध्ये स्वदेशीतर्फ २ हजार ८६३ पुरुष र ५७५ महिला गरी ३ हजार ४३८ जना रहेका छन् । विदेशी नागरिकतर्फ १६९ पुरुष, ३३२ महिला र ५ जना अन्य गरी ५०६ जना बेपत्ता रहेको विवरणमा उल्लेख छ।
त्यस्तै, बाढी प्रभावित क्षेत्रमा १ हजार ३३१ जना मृतकको पहिचान भएको जनाइएको छ । हालसम्म १ हजार ३७ वटा शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
बेपत्ता व्यक्तिको पहिचानका लागि प्रहरीले डीएनए नमुना संकलन तथा परीक्षणको कामसमेत अघि बढाएको छ । विवरणअनुसार १ हजार २८६ मृतक र १ हजार १९६ जना मृतकका आफन्तको डीएनए नमुना संकलन गरिएको छ। यसबाट कुल २ हजार ४८२ वटा डीएनए नमुना संकलन भएको छ ।
बाढी प्रभावितको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित विभिन्न निकाय निरन्तर परिचालन भइरहेका छन् ।