रसुवा बाढीबारे फैलिएका फेक भिडियोबाट सचेत रहन प्राधिकरणको आग्रह

दियोपोस्ट संवाददाता

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछि सार्वजनिक भएका गलत भिडियो र भ्रामक सूचनाबारे सचेत रहन आग्रह गरेको छ ।

सोमबार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख डा।धर्मराज उप्रेतीले घटनास्थलमै नभएका केही फेक भिडियोहरू सामाजिक सञ्जालमा फैलिएर जनमानसमा नकारात्मक प्रभाव परेको पाइएको बताए ।

आधिकारिक व्यक्तिहरूबाट आएका भनिएका भिडियोहरूलाई समेत सामाजिक सञ्जाल हेर्ने टिममार्फत फ्याक्ट चेक गर्दा फेक पाइएकाले त्यस्ता भ्रामक सूचनाबारे सचेत रहन उनले आग्रह गरे ।

उनले चीनसँग समन्वय र विज्ञताको आदानप्रदान गरी खोज, उद्धार तथा राहत कार्यमा कुनै कसर बाँकी नराखिएको धारणा राखे । बेपत्ता भएकाहरूको नाम आउने बित्तिकै तीनवटै सुरक्षा निकाय तथा फिल्डमा खटिएका टिमलाई पठाएर खोज तथा उद्धार जारी राखिएको उनले बताए ।

सम्बन्धित खबर

सिफारिस