हजुरआमाको हत्या अभियोगमा २५ वर्षीय युवक पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । आफ्नै हजुरआमा ७२ वर्षीया मनकुमारी घिमिरेको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका-२ खबरा बस्ने २५ वर्षीय आशिष बरुवाल रहेका छन् । उनलाई प्रहरीले सोमबार दिउँसो सोही नगरपालिका-२ स्थित हाडेभिरबाट पक्राउ गरेको हो।

आशिषले धारिलो हतियार दाउ प्रहार गरी मनकुमारीको हत्या गरेको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाएको छ।

घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।

सम्बन्धित खबर

सिफारिस