भोटेकोशी बाढी: १ हजार ३५६ जनाको शव फेला, ४ हजार भन्दा बढी अझै बेपत्ता

दियोपोस्ट संवाददाता

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान ८ बजे सम्म १ हजार ३ सय ५६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जसमध्ये रसुवामा १ सय ६९ जना, नुवाकोटमा १ सय ९६ जना, धादिङमा ७० जना, चितवनमा ३ सय ६३ जना, गोरखामा ७५ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २३ जना र नवलपरासी पश्चिम २ सय २२ जना गरी १ हजार ३ सय ५६ जनाको शव फेला परेको हो ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार १ सय २४ वटा शव व्यवस्थापन ९माटो मुनि सुरक्षित राखिएको० गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ८० र आफन्तका १ हजार २ सय ९० गरी कुल २ हजार ५ सय ७० वटा डिएनए नमुना संकलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३ सय २५ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७७ जनाको खोजी कार्य भइरहेको छ । यसै गरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार २ सय ४५ जना व्यक्तिहरूलाई राखिएको छ ।