
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले १ करोड १ लाख सहयोग गरेको छ।
बाढीका कारण रसुवा, नुवाकोटको त्रिशूली तथा देवीघाट र धादिङलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएकाले प्रभावित समुदायको पुनर्निर्माण तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालको तर्फबाट राजयोगिनी दिदी किरणले अर्थमन्त्री डा।स्वर्णिम वाग्लेलाई १ करोड १ लाखको चेक हस्तान्तरण गरेकी हुन्।
यसैबीच, ब्रह्माकुमारीज् नेपालले भदौ २० गते शनिबार भोटेकोशी बाढीमा परी दिवंगत भएकाहरूको आत्माको शान्ति तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्न श्रद्धाञ्जली कार्यक्रमसमेत आयोजना गरेको थियो।
वीरेन्द्र अन्तर्राष्ट्रिय स्वीमिङ कम्प्लेक्स, सातदोबाटोको हलमा आयोजित कार्यक्रममा १ हजारभन्दा बढी राजयोगी, तपस्वी, प्रजापिता ब्रह्माकुमारी तथा ब्रह्माकुमारहरूले ॐ ध्वनि, योग तपस्या, मौनधारण तथा मैनबत्ती प्रज्वलनमार्फत दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।