जेनजी आन्दोलनका घाइते पवन खड्का बानेश्वरबाट पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । जेनजी सहिद स्मृति दिवस कार्यक्रममा ‘बोल्न देऊ’ भन्दै विरोध जनाएका जेनजी आन्दोलनका घाइते पवन खड्का पक्राउ परेका छन्।

काठमाडौँको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पुरानो संघीय संसद् भवनमा आयोजित कार्यक्रममा जेनजीहरूको पक्षमा बोलिरहेका खड्काले सरकारको विरोध गरेका थिए। सहभागीहरूबाट हुटिङ भएपछि उनले आफूलाई बोल्न दिन आग्रह गरेका थिए।

कार्यक्रममा खड्काले सरकारले जेनजी आन्दोलनका माग सम्बोधन गर्न नसकेको र आन्दोलनपछि सरकारले केही नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। त्यसपछि उनलाई कार्यक्रमस्थलबाट प्रहरीले पक्राउ गरेको हो।

गृहमन्त्री सुदन गुरुङ, पूर्वगृहमन्त्री ओमप्रकाश अर्याल, मन्त्रीहरू, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलगायत जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारको सहभागिता रहेको कार्यक्रममा खड्काले पीडित तथा घाइते जेनजीहरूको पक्षमा आवाज उठाएका थिए।