
काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका-५ रोङ्गास्थित रसुवा भोटेकोशी जलविद्युत् आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। नेपाली सेनाका अनुसार ड्रोन प्रयोग गरी खोज तथा उद्धार गर्ने क्रममा टनेलभित्र एक जनाको शव फेला परेको हो।
चिनियाँ कम्पनीले निर्माण गरिरहेको १२० मेगावाट क्षमताको रसुवा भोटेकोशी जलविद्युत् आयोजनामा बाढीपछि कार्यरत चार जना सम्पर्कविहीन भएका थिए।
यसैबीच, टिमुरेस्थित रसुवागढी जलविद्युत् आयोजनाको टनेलमा पनि खोज तथा उद्धार कार्य जारी छ । आयोजनाका प्रतिनिधि र नेपाली सेनाका उद्धारकर्मीहरू पावर हाउसको कन्ट्रोल रुमसम्म पुगेर टनेलभित्र खोजी गरिरहेका छन्।