बाढी पीडितका लागि फरवार्ड माइक्रोफाइनान्सको ३० लाख सहयोग

दियोपोस्ट संवाददाता

काठमाडौँ । बाढीबाट पिडितलाई फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद ३० लाख ६ सय ६५ रुपैया रकम सहयोग गरेको छ ।

बाढी प्रभावित नागरिकको उद्दार, राहत र पुर्नस्थापनामा सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरेको संस्थाका कम्पनी सचिब विनोद कुमार चौधरीले जानकारी दिए ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट १६ लाख र कर्मचारीहरुबाट संकलित १४ लाख ६ सय पैंसठ्ठी रुपैया गरी ३० लाख ६ सय ६५ रुपैंया नगद रकम जम्मा गरेको हो ।

उक्त रकम कोषमा दाखिला गर्नुका साथै बाढीबाट प्रभावितहरुलाई दैनिक उपयोग हुने किसिमका सामग्रीहरु संस्थाले आफैंले वितरण गर्नेछ ।
वित्तीय संस्थाले उक्त घटनामा परी मृत्यु भएकाहरुको आत्माको चीर शान्ति र घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना सहित उद्धार र राहतमा प्रभावकारी रुपमा काम गर्न पनि अनुरोध गरेको छ ।

 

संस्थाकी अध्यक्ष भगबती चौधरीले राष्ट्र नै विपत्तिको चपेटामा परेको बेला देश र जनताको लागि सरकारले अभियानमा जोडिएको बताइन् । ‘यो विशुद्ध राष्ट्र निर्माण र मानवीय सहयोग हो ।’ आर्थिक सहयोग प्रधानमन्त्री राहत कोष मार्फत गरेपनि पिडितहरुलाई अन्य जिन्सी सामग्रीहरु संस्था आफैंले वितरण गर्नेछ ।