भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १ हजार ३६५ पुग्यो

दियोपोस्ट संवाददाता

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३ सय ६५ पुगेको छ । नेपाल प्रहरीले बुधबार बिहान ८ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार बाढीमा परी मृत्यु भएका १ हजार ३ सय ६५ जनाको शव फेला परेको हो।

जसमध्ये रसुवामा १ सय ७४ जना, नुवाकोटमा १ सय ९७ जना, धादिङमा ७० जना, चितवनमा ३ सय ६३ जना, गोरखामा ७५ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २६ जना र नवलपरासी पश्‍चिम २ सय २२ जना गरी १ हजार ३ सय ६५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार १ सय ४७ वटा शव व्यवस्थापन ९माटो मुनि सुरक्षित राखिएको० गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ४ सय १२ गरी कुल २ हजार ६ सय ९८ वटा डिएनए नमुना संकलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३ सय १० वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको प्रहरीले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७७ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार ३० जना व्यक्तिहरूलाई राखिएको छ ।