धनकुटाबाट १ हजार २४० किलो गाँजा बरामद

दियोपोस्ट संवाददाता

धनकुटा । धनकुटाबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले साँगुरीगढी गाउँपालिका-७ फेदीबाट करिब १ हजार २ सय ४० किलो ६ सय ग्राम गाँजा बरामद गरेको हो ।

मंगलबार राति प्रहरी चौकी मुलघाटसहितबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना.४ ख ५२७ नम्बरको ट्रकलाई जाँचका लागि रोक्न खोजेको थियो।

प्रहरीका अनुसार ट्रक रोक्ने क्रममा चालक ट्रकबाट हामफालेर फरार भएका थिए । त्यसपछि प्रहरीले ट्रकको तलासी लिँदा ३८ वटा बोरामा लुकाएर राखिएको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारेको हो ।

बरामद गाँजा र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धानसमेत भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर