नयाँ उद्योगमन्त्रीमा सांसद दीपककुमार साह सिफारिस

दियोपोस्ट संवाददाता

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सुनसरी–४ का सांसद दीपककुमार साहलाई नयाँ उद्योगमन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् । उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारीका लागि साहको नाम सिफारिस गरिएको हो ।

प्रधानमन्त्री शाहले साहको नाम राष्ट्रपति कार्यालयमा पठाइसकेका छन् । साह निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका थिए। यसअघि उनी सीके राउत नेतृत्वको जनमत पार्टीमा आबद्ध थिए । जनमत पार्टीबाट निष्काशनमा परेपछि उनले छुट्टै दल गठन गरेका थिए ।

साह हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै रहेका छन् । मन्त्रिपरिषद्को बैठक जारी रहँदा उनी कार्यालयको एक कोठामा बसेर बैठक सकिने प्रतीक्षामा रहेको बताइएको छ ।