
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन्। चीन सरकारको औपचारिक निमन्त्रणामा प्रधान सेनापति सिग्देल आज एक साताका लागि चीन प्रस्थान गरेका हुन् ।
सेप्टेम्बर १३ देखि १९ सम्म हुने भ्रमणका क्रममा उनले बेइजिङमा आयोजना हुने १३औँ ‘बेइजिङ सियाङसान फोरम’मा समेत सहभागिता जनाउने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।
प्रधान सेनापति सिग्देल असोज ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । उनको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीप जङ्ग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने नेपाली सेनाले जनाएको छ।