
काठमाडौँ । सर्वोच्च अदालतको मुद्दा फाँटमा मंगलबार राति आगलागी भएको छ । सर्वोच्च अदालतको नयाँ भवनको भुइँ तलामा रहेको मुद्दा फाँट नम्बर २० र २१ मा आगलागी भएको हो । आगलागी भएको देखिएपछि बुधबार बिहान तत्काल नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट मुद्दा फाँटमा रहेका तीन वटा कम्प्युटर जल्नुका साथै कुर्सी, टेबललगायतका सामग्रीमा क्षति पुगेको स्रोतले जनाएको छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ ।
प्रारम्भिक रूपमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । यसअघि पनि भदौ १७ गते राति सर्वोच्च अदालतकै अभिलेख शाखामा आगलागी भएको थियो।