
काठमाडौँ । पर्साको वीरगञ्ज महानगरपालिका-१७ अलौबाट सशस्त्र प्रहरीले करिब ९ किलो ५ सय ग्राम चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले भारत घर बताउने २० वर्षीय सन्दीप चौधरीलाई पक्राउ गरेको हो।
चौधरीले मोटरसाइकलको तेल ट्यांकीभित्र फल्स बटम बनाएर चरेश लुकाई लैजाँदै गरेको अवस्थामा प्रहरीले फेला पारेको जनाएको छ । मोटरसाइकलको ट्यांकीबाट २१ वटा पोकामा राखिएको करिब ९ किलो ५ सय ग्राम चरेश बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ परेका चौधरीलाई बरामद चरेश र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।