चिनी अभाव नभएको विभागको दाबी, मूल्य प्रतिकेजी ११० रुपैयाँ

दियोपोस्ट संवाददाता

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा चिनीको सहज तथा पर्याप्त आपूर्ति भइरहेको जनाएको छ ।

भोटेकोशी नदीमा आएको बाढीपहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएको तथा भारतले चिनी निकासीमा प्रतिबन्ध लगाएपछि चिनीको मूल्य बढ्ने र अभाव हुने भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएको विभागले जनाएको छ ।

सोही विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्रीको अध्यक्षतामा भदौ ३० गते सरोकारवालासँग भएको बैठकमा काठमाडौँ उपत्यकाका भाटभटेनी, बिगमार्ट, सेल्सबेरीलगायत एक दर्जनभन्दा बढी डिपार्टमेन्ट स्टोरमा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री भइरहेको जानकारी प्राप्त भएको विभागले जनाएको छ ।

विभागले बजारमा चिनीको पर्याप्त मौज्दात तथा आपूर्ति रहेको भन्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी चिनी सञ्चय नगर्न आग्रह गरेको छ।

सम्बन्धित खबर

सिफारिस