
काठमाडौँ । भ्याली पब्लिक र फेरिल्यान्ड २०औँ ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
भ्याली पब्लिकले आयोजक ग्रिनल्यान्डलाई ४६-२८ ले पराजित गर्यो । भ्याली पब्लिककी सोनीमाया तामाङले १६ अंक जोडिन् । फेरिल्यान्डले केभीकेएसएसले ३७-२५ ले हरायो । फेरिल्यान्डकी सन्दिपा राईले ९ स्कोर गरिन् ।
सिनियर गल्र्समै न्युटनले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २६-१५ तथा तेजस्वी एकेडेमीले जेबी स्कुललाई ३५-२४ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
न्युटनकी इरेनी राणाले १६ तेजस्वीकी निशा पण्डिले १२ अंक बटुले ।
सिनियर ब्वाइजमा मार्वलसले टीआईएलाइै ६७-४७, लालीगुराँस नेसनल एकेडेमीले किङडमलाई ५६-४०, पारामाउन्ट एकेडेमीले बीएनएलाई ३१-२५, न्युटनले भद्रकालीलाई ४८-२२, भ्याली पब्लिकले जेबीलाई ५८-४० र बीएमसीएले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ५६-३६ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान बनाए । मार्वलसका सिनेप शाहीले १७, लालीगुराँसका प्राण मल्लले १९, पारामाउन्टका सविन तामाङले ११, न्युटनका सविन राईले ८, भ्याली पब्लिकका अशोक विकले १७ र बीएमसीएका विमल गुरुङले २९ अंक जोडे ।