कामना सेवा विकास बैंकको साधारणसभाबाट १५ प्रतिशत नगद लाभांश पारित

दियोपोस्ट संवाददाता

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभाले १५ प्रतिशत नगद लाभांश पारित गरेको छ । बुधबार काठमाडौँको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना शेयरधनीलाई चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

अग्राधिकार शेयरधनीका हकमा भने अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण पारित गरेको छ ।

सभाबाट सोही आर्थिक वर्षको वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा-नोक्सान बाँडफाँट हिसाब तथा वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पनि सर्वसम्मतिले पारित भएका छन् ।

सिफारिस