भदौको करदाता उपहार घोषणा : ३३ जना विजेता, दुई जनालाई बम्परमा उपहार १०-१० लाख

दियोपोस्ट संवाददाता

काठमाडौँ । आन्तरिक राजस्व विभागले भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा गरेको छ । विभागले भदौ महिनाका लागि दुई जनालाई बम्पर उपहारस्वरूप १०-१० लाख रुपैयाँ र अन्य ३१ जनालाई १-१ लाख रुपैयाँ नगद पुरस्कार घोषणा गरेको हो ।

बम्पर उपहारअन्तर्गत छनोट भएका नम्बर ०४८ ९१५ ६१८ २११ र ०३६ ४४७ ८५२ ३७८ रहेका छन् ।

विभागका अनुसार कात्यायनी पोलिक्लिनिकबाट २०० रुपैयाँको सामान खरिद गर्ने ग्राहक र सुनिता फेन्सी स्टोरबाट ७ हजार रुपैयाँको सामान खरिद गर्ने ग्राहकले १०-१० लाख रुपैयाँको बम्पर उपहार जितेका छन् ।

त्यस्तै, अन्य ३१ जनालाई दैनिक १ लाख रुपैयाँका दरले नगद उपहार प्रदान गरिने विभागले जनाएको छ ।

आन्तरिक राजस्व विभागले प्रत्येक १५ दिनमा करदाता प्रोत्साहन उपहार घोषणा गर्दै आएको छ । तर, भदौ महिनामा बाढीका कारण उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो । स्थगित कार्यक्रम असोज १ गते घोषणा गरिएको विभागले जनाएको छ।

सम्बन्धित खबर

सिफारिस