
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नवौँ संस्करणको नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०८३ मा महालक्ष्मी विकास बैंकले आफ्नो सक्रिय सहभागिता जनाएको छ।
आजदेखि ४ दिन आइतबारसम्म चल्ने उक्त प्रदर्शनीमा बैंकले घररजग्गा खरिद तथा घर निर्माण गर्न चाहने ग्राहकहरूका लागि प्रशासनिक शुल्कमा विशेष छुट दिने घोषणा गरेको छ।
भदौ महिनाका लागि बैंकको आधार दर ५ दशमलव ६४ प्रतिशत रहेको छ, जसका कारण ग्राहकहरूले विकास बैंकहरूमाझ सबैभन्दा प्रतिस्पर्धी र आकर्षक ब्याजदरमा कर्जा पाउन सक्ने बैंकले जनाएको छ।
नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा भइरहेको यस प्रदर्शनीमा बैंकको स्टल नं ए-२१ मा राखिएको छ । कर्जा लिन इच्छुक ग्राहकहरूले उक्त स्टलमा गई बैंकका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरी कर्जा प्रक्रिया, परामर्श तथा अन्य बैंकिङ सुविधाहरूबारे आवश्यक जानकारी प्राप्त गर्न सक्नेछन्।
ग्राहकहरुको आवश्यकता अनुसार सरल, सहज र प्रतिस्पर्धी वित्तिय सेवा उपलब्ध गराउँदै आवास तथा निर्माण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने उद्धेश्यका साथ बैंकले सहभागिता जनाएको हो । हाल विकास बैंकहरुमा सबै भन्दा प्रतिस्पर्धी ब्याजदरमा घररजग्गाा खरिद तथा घर निर्माण कर्जा प्रदान गरिरहेको यस बैंकले आकर्षक ब्याजदरमा कर्जा प्रदान गर्नेछ ।