डिल्लीबजारका नापी अधिकृत ९ लाख घुससहित रङ्गेहात पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ ।  नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं. नापी टोली माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वली ९ लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ परेका छन् ।

छुट जग्गा दर्ता सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाउन अनावश्यक दुःख, हैरानी दिई घुस मागिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले वलीलाई पक्राउ गरेको हो ।

काठमाडौँको टोखा नगरपालिका-५, वसुन्धरा चोकस्थित एक रेस्टुरेन्टबाट आयोगको टोलीले बुधबार वलीलाई घुसबापत लिइसकेको ९ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका वलीमाथि भ्रष्टाचार सम्बन्धी मुद्दामा विशेष अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको अख्तियारले जनाएको छ।

सम्बन्धित खबर