हुन्डी मार्फत १ अर्ब ५७ करोडभन्दा बढी कारोबारमा गरेको आरोपमा दुई जना पक्राउ

दियोपोस्ट संवाददाता

सुनसरी । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१५, रानीका ४६ वर्षीय शम्भुप्रसाद साह र विराटनगर-१७ का ३४ वर्षीय सुरजप्रसाद साह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनीहरूको बैंक खातामार्फत १ अर्ब ५७ करोड ६४ लाख ३२ हजार ३ सय ४० रुपैयाँ ८१ पैसा बराबरको रकम हुन्डी कारोबारमा प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

हुन्डीसम्बन्धी कारोबारमा संलग्न रहेको आशंकामा दुवै जनालाई पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको प्रहरीले जनाएको छ।

उनीहरूमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ लगायतका कानुनअनुसार थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

सम्बन्धित खबर

सिफारिस