क्यानडा पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने दुई जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाउँदै क्यानडा पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका- २० बस्ने ४९ वर्षीया रिता गौतम र ३१ वर्षीय विमोचन राज कुँवर रहेका छन् ।

उनीहरूले क्यानडा पठाइदिने भन्दै एक जना पीडितबाट १२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौँ महानगरपालिका-१२ बाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस