भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस, को-कहाँका लागि प्रस्तावित ?

दियोपोस्ट संवाददाता

काठमाडौँ । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि राजदूत नियुक्त गर्न विभिन्न व्यक्तिको नाम सिफारिस गरेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रको विज्ञता, अध्ययन-अनुसन्धान तथा नेतृत्व अनुभव भएका व्यक्तिहरूलाई सम्बन्धित मुलुकका लागि राजदूतमा सिफारिस गरेको हो ।

सरकारले सिफारिस गरेका राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकमा सहमतिका लागि पठाउनेछ । सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त भएपछि राष्ट्रपतिबाट औपचारिक रूपमा राजदूत नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

सिफारिस गरिएका राजदूत र मुलुक :

डा. निश्चलनाथ पाण्डे -भारत
डा. कल्याणराज शर्मा -चीन
चिरनजंग थापा -संयुक्त राज्य अमेरिका
पूर्वप्रधानसेनापति गौरवशम्शेर जबरा राणा – बेलायत
जिग्यानकुमार थापा -जापान
सुरेशकुमार कर्ण – इजरायल
प्राप्ति शेरचन- स्पेन
शारू जोशी -जर्मनी
डा. पद्माक्षी राणा -ओमान
चूडामणि खरेल – मलेसिया
प्रा.डा. संगम श्रेष्ठ – दक्षिण कोरिया
डा.मञ्चल झा- श्रीलंका
गिरीबहादुर सुनार-साउदी अरेबिया

सम्बन्धित खबर