
काठमाडौँ । लागूऔषध मुद्दामा थुनाबाट छुटाइदिन्छु भन्दै रकम माग्ने दुई जना बिचौलिया ४ लाख ८० हजार रुपैयाँसहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका-६ का अजय थापा मगर र विदुर नगरपालिका-९ का हरिराम गिरी रहेका छन्।
काठमाडौँ जिल्ला अदालतमा प्रतिवादी विमल घलेसमेत भएको ०८३-सी१-१७८७ नम्बरको मुद्दा थुनछेक बयानका लागि इजलाससमक्ष पेस भएको थियो । उक्त मुद्दामा प्रतिवादीलाई थुनामा पठाउने आदेश भएको थियो।
सोही क्रममा प्रतिवादी विमल घलेलाई थुनाबाट छुटाइदिने भन्दै अजय थापा मगरले रकम मागेको र हरिराम गिरी रकम लिएर आएको अवस्थामा उनीहरूलाई ४ लाख ८० हजार रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।