जनकपुरधाममा आगलागी हुँदा एक जनाको मृत्यु, ३ लाख बराबरको क्षति

दियोपोस्ट संवाददाता

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-८ स्थित रामानन्द चोकमा एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

शनिबार राति भएको उक्त दुर्घटनामा परि महोत्तरीको लोहारपट्टी नगरपालिका-२ घर भएका ७० वर्षीय किशोरी सहनीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

आगलागीबाट घरायसी सामानहरूसहित करिब तीन लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ। विद्युत् सर्ट भई आगो लागेको हुनसक्ने प्रहरीको प्राथमिक अनुमान रहेको छ।

घटनालगत्तै स्थानीय निकायको वारुणयन्त्र (दमकल), नेपाल प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

सिफारिस