सामसङ नेपालको दशैँ-तिहार अफर : दैनिक-साप्ताहिक लक्की ड्रसँगै २६ प्रतिशतसम्म क्यासब्याक

दियोपोस्ट संवाददाता

काठमाडौँ । आज देखि सामसङ नेपालले दशैँ-तिहारलाई लक्षित गर्दै ‘स्मार्ट अपग्रेड घरमा, लक्की सप्राइज चाडमा’ अभियान सार्वजनिक गरेको छ। अभियानअन्तर्गत सामसङका टिभी तथा होम अप्लायन्स खरिद गर्ने ग्राहकले क्यासब्याक, निःशुल्क उपहारका साथै दैनिक तथा साप्ताहिक लक्की ड्रमार्फत विभिन्न पुरस्कार जित्ने मौका पाउनेछन्।

यो अफर २० सेप्टेम्बर २०२६ देखि १६ नोभेम्बर २०२६ सम्म सञ्चालन हुनेछ। अभियानमा सामसङका टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन वा एसी खरिद गर्ने ग्राहक सहभागी हुन सक्नेछन्।

टिभीको आकर्षक अफर

यस अभियानअन्तर्गत सामसङका टिभी खरिद गर्ने ग्राहकका लागि विशेष छुट र उपहारको व्यवस्था गरिएको छ । छनोट गरिएका सामसङ टिभीको खरिदमा ग्राहकले २६ प्रतिशतसम्मको आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन्। क्यासब्याकसँगै पक्का उपहारका रूपमा निःशुल्क साउन्डबार र केही निश्चित मोडलहरूमा १२ महिनासम्मका लागि निःशुल्क नेटटिभी प्याकेजसमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।

त्यस्तै, रेफ्रिजेरेटरमा २१ प्रतिशतसम्म क्यासब्याक र ५ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस तथा वासिङ मेसिनमा १८ प्रतिशतसम्म क्यासब्याक र ३ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस पाइनेछ। छनोट गरिएका वासिङ मेसिन मोडलमा ६ केजी सर्फ एक्सेल म्याटिक डिटर्जेन्टसमेत निःशुल्क उपलब्ध गराइनेछ।

सजिलो इएमआई र एक्सचेन्ज सुविधा
ग्राहकलाई खरिद प्रक्रिया सहज बनाउन सामसङले ईएमआई ९भ्ःक्ष्० र एक्सचेन्ज सुविधा पनि उपलब्ध गराएको छ। हुलास फिनसर्व हायर पर्चेज (Hulas Finserve Hire Purchase Ltd.) अन्तर्गतको’Samsung Insta Finance’ सेवामार्फत ग्राहकले १२ वा २४ महिनाको सरल किस्ताबन्दी योजनामा सामान खरिद गर्न सक्नेछन्। साथै, पुराना उपकरणहरू अर्कोस्टोर (ArkoStore) वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरमार्फत साटेर नयाँ उपकरण खरिद गर्न सकिने एक्सचेन्ज सुविधासमेत रहेको छ।

दैनिक र साप्ताहिक लक्की ड्र
दशैँ-तिहारको अवसरमा ग्राहकका लागि दैनिक र साप्ताहिक लक्की ड्रको समेत आयोजना गरिएको छ। लक्की ड्रमार्फत दैनिक ३१ जना विजेता चुनिनेछन्, जसले ९ केजीको फ्रन्टलोड वासिङ मेसिन वा ५५ इन्च UHD टिभीमध्ये एक पुरस्कार प्राप्त गर्नेछन् । त्यसै गरी, साप्ताहिक रूपमा छनोट हुने ८ जना विजेताले १ टन क्षमताको सामसङ एसी जित्न सक्नेछन्। सहभागी हुन सामानको सिरियल नम्बर ३७२७३ मा एसएमएस गर्नुपर्नेछ भने विजेताको घोषणा प्रत्येक बुधबार इमेज च्यानल तथा स्मार्ट प्लाजा र बिग डिजिटलको फेसबुक पेजमार्फत गरिनेछ।

कम्पनीका अनुसार अभियानअन्तर्गतका अफर सीमित अवधिका लागि मात्र लागू हुनेछन् र सर्त तथा नियमहरू लागू हुनेछन् ।

सम्बन्धित खबर

सिफारिस