
काठमाडौँ । नेपाल सांस्कृतिक कला मन्दिरको आयोजनामा काठमाडौँको चन्द्रागिरि नगरपालिका-९, मच्छेगाउँमा ‘राष्ट्रिय लाखे नाच प्रदर्शनी, सांस्कृतिक तथा सम्मान कार्यक्रम-२०८३’ आयोजना गरिएको छ ।
नेपाल सांस्कृतिक कला मन्दिरको २५औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ८ जिल्लाका २८ वटा टोलीले लाखे नाच प्रदर्शन गरेका छन् ।

मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

शनिबारदेखि आइतबारसम्म मच्छेगाउँस्थित भलिबल ग्राउण्डमा सञ्चालन भइरहेको कार्यक्रममा विभिन्न जिल्लाबाट सहभागी टोलीले आफ्नो मौलिक शैलीमा लाखे नाच प्रस्तुत गरेका छन् ।






