त्रिपुरेश्वरमा बसमा आगो लगाएर आत्मदाह प्रयास गरेका चालकको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौँ । त्रिपुरेश्वरमा सार्वजनिक बसभित्र आगो लगाएर आत्मदाहको प्रयास गरेका बस चालक अर्जुनदावा लामाको मृत्यु भएको छ । बा ५ ख ४२७४ नम्बरको ऋद्धिसिद्धि यातायातको बसभित्र आगो लाग्दा गम्भीर घाइते भएका २५ वर्षीय लामाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

अस्पतालकी निर्देशक निजिना ताम्राकारका अनुसार लामाको शरीर ९० प्रतिशतभन्दा बढी जलेको थियो । घटना लगत्तै उनलाई किर्तिपुरस्थित वर्न अस्पतालमा लगिए पनि शरिरको धेरै जसो भाग जलेको र उपचारका क्रममा मृत्यु भएको डाक्टरको भनाई छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरी स्थायी घर भएका लामा विगत ७ वर्षदेखि सवारी चालकका रूपमा कार्यरत थिए । मुलपानीबाट थानकोटतर्फ जाँदै गरेको बसमा आगजनी भएपछि तत्काल दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

घटना हुनुभन्दा केही मिनेटअघि १२ः३७ बजे लामाको ट्राफिक प्रहरीसँग विवाद भएको खुलेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस