एभरेष्ट बैंकको १३४औँ शाखा धनगढीमा, प्रादेशिक कार्यालय पनि नयाँ भवनमा सऱ्यो

दियोपोस्ट संवाददाता

काठमाडौँ । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा १३४औँ शाखा विस्तार गरेको छ ।

बैंकले सोमबार जिल्ला अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नं ८ क्याम्पस चोकमा मा आफ्नो १३४औँ शाखा विस्तार तथा सुदूरपश्चिम प्रदेशमा आफ्नो नयाँ भवनको समेत उद्घाटन गरेको हो ।

साथै बैंकले आफ्नो सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालय समेत हालको स्थानबाट स्थानान्तरण गरी सम्पूर्ण सेवाहरु सोही भवनबाट प्रदान गर्ने व्यहोरा जनाएको छ । यो शाखासँगै सुदूरपश्चिम प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ ।

धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझाज्यूर बैंकका संचालक समितिका अध्यक्ष डा.बाल गोपाल वैद्यबाट संयुक्त रुपमा उद्घाटित सो समारोहमा, धनगढी उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष जुगराम चौधरीज्यू, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिब, बैंकका सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख यज्ञ राज तिमिल्सिना, विभिन्न उद्योग व्यवसायीहरू तथा बैंकका अन्य कर्मचारीहरु लगायत स्थानीयवासीको उत्साहजनक उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

सिफारिस