
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपालले थाइल्याण्डलाई पराजित गरेको छ ।
समूह ‘बी’ अन्तर्गत मंगलबार बिहान भएको खेलमा नेपालले थाइल्याण्डलाई ४६-४३ अंकले पराजित गरेको हो । रोमाञ्चक खेलमा थाइल्याण्डलाई तीन अंकले हराउँदै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको छ।
यो जितसँगै नेपालले समूह ‘बी’ मा तीन अंक जोडेको छ । समूह ‘बी’ मा नेपालसँगै थाइल्याण्ड, श्रीलंका र चाइनिज ताइपेई रहेका छन्।
नेपालले अब बुधबार चाइनिज ताइपेईसँग र बिहीबार श्रीलंकासँग खेल्नेछ ।
एसियाली खेलकुदका लागि नेपाली महिला कबड्डी टोलीमा कप्तान मनमती विष्टसहित नानुमाया पराजुली, मनिषा जोशी, मेनुका कुमारी राजवंशी, जयन्ती बडु, विनिता पण्डित क्षेत्री, आसमा यादव, मिना नेपाली, रबिना चौधरी, सिर्जना कुमारी थारु, खिममाया खत्री र गंगा घिमिरे रहेका छन्।