
काठमाडौँ । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा। कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् । स्वास्थ्य मन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा.पौडेललाई विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिएकी हुन् ।
जिम्मेवारी पाएसँगै डा.पौडेलले मंगलबारदेखि आफ्नो नयाँ जिम्मेवारी सम्हाल्नेछन्।
डा.पौडेल यसअघि सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत थिए । उनलाई जिम्मेवारी दिनुअघि स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. अनुज भट्टचन रहेका थिए।