अब सेवाग्राहीले आफूले चाहेकै ठेगानामा लाइसेन्स पाउने

दियोपोस्ट संवाददाता

काठमाडौँ । अब सेवाग्राहीले सम्बन्धित यातायात कार्यालयबाट मात्र नभई आफूले चाहेको ठेगानामा चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्न सक्ने भएका छन् । मंगलबार पूर्वाधार विकास मन्त्रालयमा यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच भएको त्रिपक्षीय सम्झौता अनुसार यस्तो व्यवस्था मिलाइएको हो।

लाइसेन्सको छपाइ तथा वितरण प्रक्रियालाई थप व्यवस्थित, छिटो र सहज बनाउन सम्झौता गरिएको हो। सम्झौताअनुसार छपाइ भएका लाइसेन्स सम्बन्धित प्रदेश कार्यालयमार्फत वितरण गरिनेछ। सेवाग्राहीले चाहेमा आफूले तोकेको ठेगानामै लाइसेन्स सुरक्षित रूपमा पुर्‍याउने व्यवस्था पनि गरिनेछ।

सम्झौताअनुसार यातायात व्यवस्था विभागले प्रयोग गर्दै आएको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणालीबाट जारी हुने लाइसेन्सको विवरण (डाटा) अब सिधै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा पुग्नेछ। प्राप्त विवरणका आधारमा सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स छपाइ गर्नेछ।

सरकारका तीन निकायबीच भएको सम्झौताले लाइसेन्स छपाइ तथा वितरण प्रक्रियालाई थप सहज, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

सिफारिस