जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका एक कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका-७ का ४३ वर्षीय कोमलराज उपाध्याय रहेका छन् ।

ठगी मुद्दामा कारागार चलान भएका उपाध्यायलाई प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि सुन्धारास्थित केन्द्रीय कारागार पठाइएको प्रहरीले जनाएको छ ।

सिफारिस