नेपालमा नयाँ डिजिटल मार्केटप्लेस ‘रारा डिल्स’ सञ्चालनको तयारी

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपालमा अनलाइन किनमेल तथा डिजिटल व्यापारलाई थप सहज बनाउने उद्देश्यसहित ‘RaRaDeals’ डिजिटल मार्केटप्लेस सञ्चालनमा आउने भएको छ।

RaRaDeals Pvt. Ltd. ले सञ्चालनमा ल्याउन लागेको यस प्लेटफर्ममार्फत ग्राहकले विभिन्न प्रकारका सामान अनलाइन हेर्न तथा अर्डर गर्न सक्नेछन् । त्यस्तै, देशभरका व्यवसायी तथा विक्रेताले आफ्ना उत्पादन डिजिटल माध्यमबाट बिक्रीका लागि राख्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार RaRaDeals खरिदकर्ता र विक्रेतालाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने नेपाली अनलाइन मार्केटप्लेसका रूपमा विकास गरिएको हो । प्लेटफर्ममा विभिन्न श्रेणीका उत्पादन उपलब्ध गराउने तथा विक्रेतालाई आफ्नो व्यवसाय विस्तार गर्न डिजिटल माध्यम प्रदान गर्ने लक्ष्य राखिएको छ।

RaRaDeals  मा ‘Verified Sellers’, अनलाइन सपिङ, Cashback’, ‘Referral’ तथा ‘Creator/Promotion’ लगायतका सुविधा समावेश गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपदर्शन कुँवरका अनुसार स्थानीय व्यवसायी तथा विक्रेतालाई डिजिटल बजारसँग जोड्दै नेपालमा अनलाइन व्यापारको पहुँचलाई सहज बनाउनु RaRaDeals को मुख्य उद्देश्य हो।

‘हाम्रो उद्देश्य केवल अनलाइन सामान बिक्री गर्ने प्लेटफर्म बनाउनु मात्र होइन, नेपालभरका ग्राहक र विक्रेतालाई एउटै डिजिटल नेटवर्कमा जोड्दै सुरक्षित, सहज र व्यवस्थित अनलाइन बजार निर्माण गर्नु हो,’ उनले भने ।

कम्पनीले हाल एप तथा वेबसाइटको परीक्षण र आवश्यक सुधारको काम गरिरहेको जनाएको छ । परीक्षणका क्रममा प्रयोगकर्ताबाट प्राप्त सुझावका आधारमा एपका सुविधा, गति, प्रयोगकर्ता अनुभव तथा अन्य प्राविधिक पक्षमा सुधार भइरहेको कम्पनीको भनाइ छ।

‘RaRaDeals’ को आधिकारिक वेबसाइट www.raradeals.com रहेको छ। कम्पनीले मोबाइल एपमार्फत पनि सेवा विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ।

आगामी दिनमा नेपालका विभिन्न स्थानमा रहेका व्यवसायी, साना तथा ठूला विक्रेता र स्थानीय ब्रान्डलाई प्लेटफर्ममा जोड्दै डिजिटल व्यापारको दायरा विस्तार गर्ने कम्पनीको लक्ष्य छ।