
काठमाडौँ । रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता भोला साहको घरबाट करिब ५० लाख रुपैयाँ बराबरको मोबाइलसँग सम्बन्धित सामग्री बरामद भएको छ।
गौर नगरपालिका-४ टिकुलियास्थित साहको घरबाट सशस्त्र प्रहरीले ५० लाख १४ हजार ५०० रुपैयाँ बराबरको मोबाइलका विभिन्न स्पेयर पार्ट्स तथा सामग्री बरामद गरेको हो।
बुधबार सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालयबाट प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.११ गण हेडक्वार्टर रौतहटबाट गणपति सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीको कमाण्डमा टोली परिचालित टोलीले साहको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा मोबाइलसँग सम्बन्धित विभिन्न सामग्री बरामद गरिएनुको साथै तीन थान मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको जनाएको छ । बरामद सामग्रीको अनुमानित मूल्य ५० लाख १४ हजार ५०० रुपैयाँ रहेको र
तीन थान मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको जनाएको छ ।
बरामद मोबाइल सामग्री तथा नियन्त्रणमा लिइएका मोटरसाइकल आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि गौर भन्सार कार्यालय, रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।