नाडाका सचिव मेघराज पौडेल यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनीत

दियोपोस्ट संवाददाता

काठमाडौँ । यातायात तथा पारवहन समितिको उप सभापतिमा मेघराज पौडेल मनोनित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य लिलेन्द्र प्रसाद प्रधानको सभापतित्वमा गठित उक्त समितिले पौडेललाई उपसभापतिको मनोनयन गरेको हो।

नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालका सचिव समेत रहेका उनलाई महासंघका अध्यक्ष अन्जन श्रेष्ठले जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

उक्त समितिको उपसभापतिको रूपमा पौडेलको अनुभव, ज्ञान तथा सक्रिय सहभागिताले यातायात तथा पारवहन क्षेत्रका विद्यमान चुनौतीहरूको समाधान, व्यापार सहजीकरण एवं महासंघका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास महासंघले व्यक्त गरेको छ।

 

साथै, समितिको कार्यलाई परिणाममुखी, प्रभावकारी र व्यवसायीमैत्री बनाउन उनको सक्रिय भूमिका, रचनात्मक सुझाव र निरन्तर सहयोगको अपेक्षा राख्दै महासंघले पौडेलको सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ।

सम्बन्धित खबर

सिफारिस