आयोनको ‘दशैँ बहार’ : नगद छुटदेखि तत्काल डेलिभरीसम्म

दियोपोस्ट संवाददाता

काठमाडौँ । विद्युतीय सवारी ब्रान्ड आयोनले दशैँलाई लक्षित गर्दै ‘दशैँको बहार, आयोनको उपहार’ योजना सार्वजनिक गरेको छ।

नेपालमा सीजी मोटर्सद्वारा प्रतिनिधित्व गरिएको आयोनले विद्युतीय सवारीसाधनप्रति नेपाली ग्राहकको बढ्दो आकर्षणलाई लक्षित गर्दै विभिन्न सुविधा तथा छुटसहितको योजना ल्याएको हो।

योजनाअन्तर्गत नयाँ आयोन विद्युतीय गाडी खरिद गर्ने ग्राहकले आकर्षक नगद छुटका साथै गाडी एक्सचेन्ज गर्दा विशेष एक्सचेन्ज बोनस प्राप्त गर्ने सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, ग्राहकले एक आर्थिक वर्षको सडक कर र एक वर्षको अटो प्लस बीमा निःशुल्क पाउनेछन्। कम्पनीले ६।६ किलोवाट क्षमताको होम चार्जरसहित होम चार्जिङ सुविधा र विभिन्न एसेसरिजसमेत उपलब्ध गराउने जनाएको छ।

यस योजनाको अर्को प्रमुख आकर्षण तत्काल डेलिभरी रहेको कम्पनीले जनाएको छ। उपलब्ध मोडलअनुसार गाडी खरिद गरेपछि ग्राहकले लामो समय पर्खनु नपर्ने र तत्कालै डेलिभरी लिन सक्नेछन्।

कम्पनीका अनुसार ग्राहकको विद्युतीय गाडी स्वामित्व अनुभवलाई सहज, सुलभ र लाभदायक बनाउन नगद छुट, एक्सचेन्ज बोनस, कर तथा बीमा, होम चार्जर र एसेसरिजलगायतका सुविधा एउटै योजनामा समेटिएका हुन्।

यो योजना आयोनका देशभर रहेका आधिकारिक शोरुममा लागू भइसकेको कम्पनीले जनाएको छ। योजनामा समावेश सुविधा र उपलब्ध मोडलका बारेमा थप जानकारी लिन ग्राहकले नजिकैको आयोन शोरुममा सम्पर्क गर्न सक्नेछन्।