
काठमाडौं । दसैँ तिहार लगायतको चाडपर्वलाई लक्षित गर्दै सीजी मोटर्सले एक्सपेंग कारमा १२ लाख रुपैयाँ बराबरको छुटको घोषणा गरेको छ । ‘सेलिब्रेसन अपग्रेड अफर’का रूपमा एक्सपेंगको जी सिक्स कारमा १२ लाख रुपैयाँसम्मको छुट दिन लागिएको हो ।
एक्सपेंग मोटर्सको नेपालको आधिकारिक विक्रेता सीजी मोटर्सका अनुसार कम्पनीले आफ्नो सुविधा सम्पन्न एसयुभी कार एक्सपेंग जी सिक्समा १२ लाख रुपैयाँ बराबरको छुट दिन लागेको हो ।
सीजी मोटर्सले चाडपर्वको अवसर पारेर ‘सेलिब्रेसन अपग्रेड’ अफर सार्वजनिक गर्दै ग्राहकले १२ लाख रुपैयाँसम्मका विशेष सुविधा प्राप्त गर्न सक्ने जनाएको हो ।
प्रिमियम विद्युतीय मोबिलिटीलाई थप सहज र आकर्षक बनाउने उद्देश्यले ल्याइएको अफरमा एक्सपेंग जी सिक्सको खरिद तथा स्वामित्व अनुभवलाई केन्द्रमा राखेर विभिन्न सुविधा समावेश गरिएको सीजीले जनाएको छ ।
सीजी मोटर्सका अनुसार यस अफरको विशेष पक्ष भनेको यस पटक ग्राहकले आफ्नै घरबाट एक्सपेंग जी सिक्सको एसयुभी कारको टेस्ट ड्राइभ गर्न सक्नेछन् । ग्राहकले आफ्नो सुविधाअनुसार घरमै बसेर जी सिक्सको ड्राइभिङ अनुभव लिनका लागि कम्पनीमा सम्पर्क गरी टेस्ट ड्राइभका लागि इच्छुक रहेको बताउनुपर्नेछ ।
घरमै टेस्ट ड्राइभको व्यवस्थाले ग्राहकलाई गाडीको डिजाइन, आराम, प्रविधि र विद्युतीय ड्राइभिङ अनुभव प्रत्यक्ष रूपमा बुझ्न सहज हुने अपेक्षा सीजीले जनाएको छ । विशेष गरी विद्युतीय सवारी खरिद गर्नुअघि त्यसको ड्राइभिङ अनुभव लिन चाहने ग्राहकका लागि यस्तो सुविधा उपयोगी हुने सीजीको दाबी छ ।

चाडबाडको ‘सेलिब्रेसन अपग्रेड’ अन्तर्गत ग्राहकले ६ दशमलव ६ किलोवाटको होम चार्जर पनि निशुल्करुपमा प्राप्त गर्नेछन् । विद्युतीय सवारीको स्वामित्वमा चार्जिङ पूर्वाधार महत्त्वपूर्ण हुने भएकाले घरमै चार्जिङको सुविधा उपलब्ध गराउँदा दैनिक प्रयोगमा सहजता हुने कम्पनीले दाबी गरेको छ ।
त्यसै गरी, अफरमा एक वर्षको बीमा र एक आर्थिक वर्षको रोड ट्याक्स समेत सीजी मोटर्सले नै तिरिदिनेछ । यसले नयाँ गाडी खरिद गरेपछि ग्राहकले व्यहोर्नुपर्ने प्रारम्भिक खर्चलाई समेत घटाउनेछ ।
एक्सपेंग जी सिक्सलाई कम्पनीले प्रिमियम विद्युतीय एसयूभीका रूपमा बजारमा प्रस्तुत गर्दै आएको छ । आधुनिक डिजाइन, प्रविधि, आराम र विद्युतीय पावर ट्रेनलाई प्राथमिकता दिइएको जी सिक्सले विद्युतीय सवारीको अनुभवलाई थप स्मार्ट र सुविधाजनक बनाउने उद्देश्य राखेको सीजीको भनाइ छ ।
चाडपर्वको समयमा नेपालमा नयाँ सवारीसाधनको खरिद तथा बिक्री बढ्ने भएकाले विभिन्न अटोमोबाइल कम्पनीहरूले ग्राहक आकर्षित गर्न विशेष अफर तथा सुविधा सार्वजनिक गर्दै आएका छन् । यही क्रममा एक्सपेंगको सेलिब्रेसन अपग्रेड पनि ग्राहकलाई लक्षित गरिएको विशेष अफरका रूपमा आएको हो ।
एक्सपेंगका अनुसार सेलिब्रेसन अपग्रेड अन्तर्गत उपलब्ध सुविधाले ग्राहकलाई गाडी खरिदसँगै चार्जिङ, बीमा तथा सडक करजस्ता आवश्यक पक्षमा समेत थप सुविधा प्रदान गर्नेछ ।
सेलिब्रेसन अपग्रेड अफरमा पाइने मुख्य सुविधाहरू :
१२ लाख रुपैयाँसम्मका विशेष छुट
६.६ किलोवाटको होम चार्जर निःशुल्क
१ वर्षको बीमा
१ आर्थिक वर्षको रोड ट्याक्स
घरमै एक्सपेंग जी सिक्सको टेस्ट ड्राइभ
जी६ को प्रविधि, आराम र विद्युतीय ड्राइभिङ अनुभव लिन सकिने अवसर