काठमाडौं, भदौ १६ । हङकङमा सरकारविरोधी प्रदर्शन झनै चर्कंदै गएको छ । प्रदर्शनकारीहरुले विमानस्थललगायत सहरका मुख्य सडकहरु अवरुद्ध गरेपछि प्रहरीले प्रदर्शनकारीहरुमाथि खुर्सानीको धुलो प्रहार गर्दा दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् ।
प्रदर्शनकारीहरुले विमानस्थल जाने रेलवे सन्चालन गर्न नदिँदा सयौं यात्रीहरु पैदलै विमानस्थल पुग्ने गरेका छन् ।
सरकारविरोधी प्रदर्शनमा सहभागी लाखौं प्रदर्शनकारीहरुमध्ये उग्र र शंकास्पद केही प्रदर्शनकारीहरुमाथि प्रहरीले खुर्सानीको धुलो प्रहार गरेको बताइएको छ ।
प्रदर्शनकाक्रममा कयौं प्रदर्शनकारीहरु घाइते भएका छन् ।
एजेन्सी