ओमनमा हुन लागेको टी–ट्वान्टी सिरिजमा ज्ञानेन्द्र मल्लले नखेल्ने

दियो पोस्ट  

काठमाडौँ, भदौ १७ । आगामी असोजमा हुन लागेको टी–ट्वान्टी सिरिजमा नेपाली क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएका छन् । व्यक्तिगत कारण देखाउँदै मल्लले सिरिज नखेल्ने जानकारी दिएका हुन् ।

ओमनमा हुने टि–ट्वान्टी सिरिजमा नेपालसहित हङकङ, नेदरल्याण्ड्स, आयरल्याण्ड र आयोजक राष्ट्र ओमनले खेल्ने छन् । सिरिज असोज १८ देखि २३ गतेसम्म हुनेछ ।

नेपालले आफ्नो पहिलो खेल असोज १९ गते हङकङसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले असोज २० गते नेदरल्यान्डसँग दोस्रो खेल खेल्नेछ भने आफ्नो तेस्रो खेल आयरल्याण्डसँग २२ खेल्दैछ । असोज २३ गते नेपालले आफ्नो अन्तिम खेलमा आयोजक ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।