रोनाल्डोलाई पोर्चुगिच बर्ष खेलाडीको अवार्ड

Diyo post  

काठमाडौँ, भदौ १७ । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगिच बर्ष खेलाडीको अवार्ड प्रदान गरिएको छ । योसँगै उनले १० औँ पटक बर्ष खेलाडीको अवार्ड जितेका हुन् ।

रोनाल्डोले सन् २००७ देखि बर्ष खेलाडीको अवार्डमा बर्चस्व जमाउँदै आएका छन् । यो विचमा उनले २०१० र २०१४ मा मात्र उपाधि जित्न सकेनन् । त्यसबाहेक अरु बर्ष रोनाल्डो नै यो अवार्डको हकदार बनेका छन ।

रोनाल्डोले यो सिजन उपाधि जित्न एट्लेटिको मड्रिडका जोहो फेलिक्स र म्यानचेस्टर सिटीका बर्नान्डो सिल्भालाई पछि पारे । यस्तै यो सूचीमा मिडफिल्डर ब्रुनो फर्नान्डेस र उल्भ्सका रुबेन नाभासपनि रहेका थिए ।

सो अवार्ड कार्यक्रममा रोनाल्डो पुरुष बर्ष खेलाडी बन्दा महिलामा लियोनकी जेसीका सिल्भाले जितिन । यस्तै बर्षको उत्कृष्ट प्रशिक्षक बु्रनो लागे, महिलामा मिगुइल सान्टोसले जिते । यस्तै उत्कृष्ट टिम बनेफिकाले अवार्ड पायो । यस्तै उत्कृष्ट महिला टिमको अवार्ड पनि बेनफिकाले नै हात पार्यो ।

सम्बन्धित खबर