उपचारमा लापरबाही गरेर शिशुको मृत्यु हुँदासमेत ग्राण्डी अस्पतालले डाक्टरमाथि कारबाही गरेन !

दियो पोस्ट  

काठमाडौं, १६ भदौ । ग्राण्डी अस्पतालमा शिशुको उपचारमा लापरबाही हुने र पैसाको लागि पटक पटक अपरेशन गर्ने गरेको खुलाशा भएपछि अस्पतालमा यतिबेला ब्यापार सुकेको छ । शिशुको उपचारमा लापरबाही गर्ने डाक्टरलाई कारबाही गर्छु भन्दै पीडितसँग सम्झौता गर्ने ग्राण्डी अस्पताल व्यवस्थापनले हालसम्म पनि ती डाक्टरहरुलाई काममा लगाइरहेको पाइएको छ ।


ग्राण्डी अस्पतालको एनआईसियुमा कार्यरत डाक्टरहरु निमा श्रेष्ठ बैद्य, अन्जु डंगोल र नमिता श्रेष्ठले शिशुको उपचारमा लापरबाही गरेको खुलाशा भएको थियो ।


सुचना प्रविधि क्षेत्रमा कार्यरत सञ्जिव न्यौपाने र उनकी श्रीमती एकता घिमिरे न्यौपानेको पहिलो सन्तानको उपचारमा अस्पतालको एनआईसियु विभागले चरम लापरबाही गरेको थियो ।
गत जेठ ८ गते मेडिकल काउन्सिलमा उजुरी समेत परेको थियो ।


नवजात शिशुको शरीरमा चार पटकसम्म अपरेशन गरेको पाइएपछि मेडिकल काउन्सिलले गम्भिर रुपमा अनुसन्धान गरिरहेको छ । यद्धपी हालसम्म कुनै कारबाही भने भएको छैन ।


काउन्सिलले छानबीन गरिरहेकै अवस्थामा अस्पतालमा उपचार गराउन पुगेका दोर्जे लामाको सन्तानको पनि मृत्यु भएको थियो । अस्पतालको लापरबाहीकै कारण मृत्यु भएको पाइएपछि अस्पताल विरुद्ध दोर्जे लामाका आफन्तले आन्दोलन समेत गरेका थिए । उनीहरुको आन्दोलनपछि अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र सञ्चालक दीपक कुँवरले एनआईसियुमा कार्यरत डाक्टरमाथि कारबाही गर्ने सहमति गरेका थिए ।


गत असार २० गते ग्रान्डी अस्पतालमा जन्मेको नवजात शिशुको श्रावण ६ गते अस्पतालकै लापरबाहीका कारण मृत्यु भएको स्वीकार्दै ग्राण्डीका सञ्चालकहरुले माफी मागेका थिए । तर, उपचारमा लापरबाही गर्ने डाक्टरहरु भने अपरेशन गरेको तस्विर सामाजिक सञ्जाल मार्फत शेयर गरेर बधाई लिने कार्य गरिरहेका छन् ।


अस्पतालकै लापरबाहीका कारण बच्चाको मृत्यु भएपछि अस्पतालले उक्त बच्चाको शुल्क समेत मिनाहा गरेको थियो ।


कारबाही गर्ने सहमति भएको एक महिना वितिसक्दा समेत अस्पतालका सञ्चालकहरुले डाक्टरहरुलाई कुनै कारबाही गरेका छैनन् । उनीहरु अहिलेपनि निर्वाद रुपमा अस्पतालको एनआईसियुमा कार्यरत रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

उपचारको नाममा ग्रान्डी अस्पतालको ‘कालोधन्दा’ : नवजात शिशुको ५ पटक अपरेशन ! (उजुरीसहित)

TATA ADD