उपचारको नाममा ग्रान्डी अस्पतालको ‘कालोधन्दा’ : नवजात शिशुको ५ पटक अपरेशन ! (उजुरीसहित)

दियो पोस्ट  

काठमाडौं, २८ असार । राजधानीको धापासी स्थित ‘अन्तर्राष्ट्रिय स्तर’को अस्पतालको रुपमा चर्चित ग्रान्डी अस्पतालमा उपचारको अवरणमा ‘कमाउ धन्दा’ हुने गरेको तथ्य सार्वजनिक हुने क्रम बढेको छ ।


पछिल्लो समय एक दम्पत्तिले आफ्नो सन्तानको उपचारमा भएको चरम लापरबाहीको यथार्थ कथा सार्वजनिक गरेपछि उक्त अस्पतालप्रति जनविश्वास घट्दो छ ।


सुचना प्रविधि क्षेत्रमा कार्यरत सञ्जिवचन्द्र र उनकी श्रीमती एकता घिमिरेको पहिलो सन्तानको उपचारमा अस्पतालले गरेको चरम लापरबाहीको लामो श्रङ्खला सेतोपाटी डटकमले प्रकाशन गरिसकेको छ ।


उनीहरुले शिशुको उपचारमा ग्रान्डी अस्पतालले चरम लापरबाही गरेको निष्कर्श सहित गत जेठ ८ गते नै नेपाल मेडिकल काउन्सिलमा उजुरी गरेका थिए ।


उजुरीको केही दिनमै मेडिकल काउन्सिलले ग्रान्डी अस्पताललाई पत्राचार गरीसकेको छ । ग्रान्डी अस्पतालले चरम लापरबाही गरेको पाइएपछि काउन्सिलले ३ सदस्यीय समिति नै बनाएको छ ।
नवजात शिशुको कमजोर शरिरमा चार पटकसम्म अपरेशन गरेको पाइएपछि काउन्सिलले यो मुद्दालाई गम्भिर रुपमा हेरेको समेत पाइएको छ ।

न्यौपाने र उनकी पत्नी घिमिरेको कोखबाट गत वर्ष असार १२ गते दिन नवजात शिशु छोरा ३६ हप्तामा शल्यक्रियापछि ग्राण्डी अन्तराष्ट्रिय अस्पताल, धापासी टोखामा जन्म भयो ।


३६ औं हप्तामा जन्म भएको शिशुलाई तत्काल मेनिन्जाइटिस् भएको भन्दै जन्मेदेखि ३ महिनासम्म ग्राण्डीमा भर्ना गरि टाउकोको ४ पटक शल्यव्रिmया गरिएको थियो ।


‘मेनिन्जाइटिस् र ४ पटकको टाउकोको सल्यव्रिmया भएको कारणले सो पश्चात शिशुकोे उमेर ९ महिनाको हुँदासम्म लगातार हरेक महिना अल्ट्रा साउन्डको रिपोर्ट सहितन्युरो सर्जनसंग फलोअप जाँच गरि आएकोमा ९ औं महिनाको उमेरमा टाउकोको ५ औं पटक पुनः सल्यव्रिmया गरेपछि बल्ल हामीलाई शिशुको दिमाग विलकुल विकाश नभएको र टाउकोको लागभग पूर्ण भागमा पानी जमेको ग्राण्डी अन्तराष्ट्रिय अस्पताल बाहिरको भिन्नै डाक्टरबाट जानकारीमा आयो जुन कुरा हामीलाई नियमित जाँच गरि आएको डाक्टरले कहिल्यै पनि भनेनन्,’ ग्रान्डीको लापरबाही बारे उजुरीमा सञ्जिवले भनेका छन्,‘साथै शिशुको स्वास्थ्य को अवस्था धेरै नाजुक भैसकेका, एक हिसाबले धेरै पहिले नै आशा मरिसकेको र त्यो ५ औं पटकको शल्यव्रिmयाको औचित्य नै नरहेको जानकारी अस्पताल बाहिरबाट मात्र हामीलाई थाहा हुनगयो । हरेक पटकको जाँचमा अवस्थामा सुधार आइरहेको बताइएपनि अन्त्यमा अवस्था धेरै पहिला देखिनै बेग्लै रहेको र शिशुको स्वास्थ्य धेरै नाजुक भइसकेको अस्पताल बाहिरबाट र धेरै ढिला मात्र थाहा हुन गयो ।’


लामो समयपछि मात्रै अस्पतालको चरम लापरबाही थाहा पाएका उनले आफ्नो उपचार नै व्यर्थ रहेको थाहा पाएका थिए ।

‘यस्तो कुराको जानकारी भएपछि जन्मदेखि ९ महिना सम्मको हाम्रो अथक शारिरिक, मानसिक र आर्थिक मेहेनत शिशुको उपचारमा संलग्न डाक्टरहरु, ग्राण्डी अस्पताल र सो अस्पतालको व्यवस्थापकहरुको चरम लापरवाही र बदनियतका कारणले व्यर्थमा गएको महशुस हुनगयो,’ उनले उजुरीमा लेखेका छन्,‘यसरी स्वास्थ्य र अझ त्यसमाथी नवजात शिशुको स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा ग्राण्डी अन्तराष्ट्रिय अस्पताल जस्तो कहलिएको र आपूmलाई अन्तराष्ट्रिय स्तरको बताउने अस्पताल, त्यसको चिकित्सकहरु र त्यहाँको कर्मचारीहरुको चरम लापरवाही र बदनियतपूर्ण क्रियाकलापहरुको विरुद्द नियमानुसारको हदैसम्मको कारवाही गरिपाउँ भनी हामी संग भएका सबै प्रमाणहरु सहितयस निवेदन पेश गर्दछु ।’

उजुरीमा उनले ७ बुँधे गम्भिर लापरबाहीहरु औँल्याएका छन् ।