दाङको पिपरीमा सवारी दुर्घटनाः २ जनाको मृत्यु , दुई घाइते

दियो पोस्ट  

काठमाडौँ, भदौ १७ । दाङको लमही भालुवाङ सडक खण्डको पिपरीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई घाइते भएका छन् ।

दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । लु १९ प ५५०६ र रा ३ प २०६१ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किएपछि पुर्वतर्फ गइरहेको ना ६ ख ६७७४ नम्बरको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा घोराही–१५ निवासी २६ बर्षीय बालकृष्ण भण्डारी र लमही–४ निवासी २७ बर्षीय विनायक चौधरीको मृत्यु भएको छ ।

घाइते भएका दुइजनालाई उपचारको लागि लमही अस्पताल पुर्याइएको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।