काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले समस्याको समाधान युद्ध नभएको बताएका छन् । पछिल्लो समय भारत पाकिस्तान तनाव थप बढिरहेको बेलामा प्रधानमन्त्री खानले आफुहरुको उद्धेश्य युद्ध नभएको बताएका हुन् ।
पाकिस्तानको गभर्नर हाउसमा सिख समुदायका मानिससँगको भेटघाटको क्रममा पाकिस्तानले भारतसंग युद्ध कहिल्यै शुरु नगर्ने बताएका हुन् । ‘युद्धका विजेताले पनि हारेकै हुन्छ’, प्रधानमन्त्री खानले भने, ‘युद्धले धेरै खरावीलाई जन्म दिन्छ ।’
आफुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग टेलिफोन सम्पर्क गरेको र संवादमा दुवै मिलेर जम्मु कश्मिरको मुद्धालाई मिलाउने प्रतिवद्धता गरिएको बताएका छन् । उनले मोदी संग जलवायु परिवर्तनका विषयमा पनि संवाद गरेको बताएका छन् ।
नयाँ दिल्लीले जम्मु–कश्मीरको संवैधानिक हैसियत बदलेपछि भारत र पाकिस्तानबीचको तनाव थप खराब भएको हो।