शेयर बजारमा २० अंकको बृद्धी, युनिभर्सल पावर कम्पनीको शेयर मुल्य १० प्रतिशतले वृद्धी

दियो पोस्ट  

काठमाडौँ, भदौ १७ । लगातार दुई दिनसम्म शेयर बजार ओरालो लागेर चिन्तित भएका लगानीकर्ताहरु मंगलबार उत्साहित बनेका छन् । मंगलबार नेप्से परिसुचक २० दशमलव ५७ प्रतिशतको वद्धी भएपछि कारोबार बढेको छ । सोमबार सम्म सुकेको शेयर बजार मंगलबारसम्म आइपुग्दा केही सुधार आएको छ ।

मंगलबार परिसुचक ११ सय ९० मा पुगेको छ । कुल १७१ कम्पनीको २१ लाख ८४ हजार कित्ता शेयर ५१ करोड रुपैयाँ भन्दा बढीमा कारोबार भएको छ । कारोबार रकम पनि अन्य दिनभन्दा धेरै हो । यस दिन कारोबारमा आएका अन्य र सामूहिक लगानी कोष समूह बाहेक सबै बढेका छन् ।

मंगलबार सबैभन्दा धेरै नेपाल बंगलादेश बैंकको संस्थापक शेयर किनबेच भएको छ । यस बैंकको ५ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भएको हो ।

यस दिन युनिर्भसल पावर कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । समग्र परिसूचकमा वृद्धि हुँदा पनि सीटी एक्सप्रेस फाइनान्स कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब ५ प्रतिशतले घटेको छ ।