काठमाडौँ, भदौ १९ । धितोपत्र बजारमा कारोवारमापक नेप्से परिसूचक ३.७ बिन्दुले घटेरएक हजार १९१.०७ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९६ विन्दुले घटेर २५९.९० विन्दुमा पुगेको छ ।
नेप्से घटेसँगै कारोवार रकमसमेत औसतमा सीमित भएको छ । कूल १६७ कम्पनीको नौ लाख ५७ हजार ८८१ कित्ता शेयर रु २९ करोड एक लाख ७७ हजार ३५७ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएको कूल ११ उपसमूहमध्ये दुई उपसमूहको शेयर बढेको छ भने नौ उपसमूहको शेयर घटेको छ । निर्जीवन बीमा ०.१३ र सामूहिक लगानी कोष ०.०३ विन्दुले बढेको छ ।
स्टकका अनुसार आँधीखोला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.८७ प्रतिशतले कमाउँदा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ५.९७, एनआइसी एशिया ग्रोथ फण्ड ३.७९, दिव्येश्वरी हाइड्रोपावर ३.३९, छ्याङदी हाइड्रोपावर २.६० र नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले २.४८ प्रतिशतले कमाए ।
यस्तै अरुण काबेली पावर ६.९१, कर्णाली डेभलपमेन्ट बैंक ४.५४, लक्ष्मी लघुवित्त वित्तीय संस्था ३.८०, ङादी पावर ३.७० र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ३.६ प्रतिशतले गुमाए ।