जिम्बावेका पुर्वराष्ट्रपति रोबर्ट मुगावेको निधन

दियो पोस्ट  

काठमाडौँ, भदौ २० । जिम्मावेका पुर्व राष्ट्रपति रोवर्ट मुगावेको निधन भएको छ । सिंगापुरमा उपचाररत मुगावेकोे ९५ बर्षको उमेरमा निधन भएको हो । जिम्बावेको राष्ट्रपति कार्यलयले मुगावेको निधन भएको पुष्टि गरेको छ ।

राष्ट्रपति इमर्सन म्न्यागाग्वाले ट्वीटमार्फत जिम्बावेका संस्थापक पिता तथा पुर्व राष्ट्रपति मुगावेको निधन भएको प्रति दुख व्यक्त गरेका छन् ।

मुगावेको जन्म १९२४ फेब्रुअरीमा तात्कालिन रोडेशीयमा भएको थियो । तत्कालीन सरकारको आलोचना गरेकाले उनलाई सन् १९६४ मा मुद्दा नचलाई १० वर्षसम्म कारागारमा हालिएको थियो। सन् १९७३ मा कारागारभित्र हुँदा नै उनी जिम्बाब्वे अफ्रकिन न्याश्नल यूनिअन (जानु) को अध्यक्ष निर्वाचित भएका थिए। उनी जानुका संस्थापक सदस्य थिए्

देश स्वतन्त्र भएपछि सन् १९८० मा मुगाबे जिम्बाब्वेको प्रधानमन्त्री निर्वाचित भए। त्यसपछि प्रधानमन्त्री प्रणाली हटाउँदै उनी सन् १९८७ मा राष्ट्रपति बने। आफ्नो शासनकालका सुरुका वर्षमा उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा बहुसङ्ख्यक काला जातिका मानिसलाई पहुँच दिएर प्रशंसा बटुले।

तर उनको विवादास्पद भूमिसुधार नीतिका कारण देशमा ठूलो आर्थिक सङ्कट उत्पन्न भयो। पछि उनको शासनकाल अख्तियार दुरुपयोग र भ्रष्टाकारका कारण विवादास्पद बन्यो।

जिम्वावेमा उनले तीन दशक देशमा शासन गरेका थिए।