शान्ति वार्ता रद्द गरेपछि सबैभन्दा धेरै घाटा अमेरिकालाई

दियो पोस्ट  

एजेन्सी, भदौ २३ । तालिबान लडाकु समूहले शान्ति वार्ता रद्द गर्ने निर्णयका कारण सबैभन्दा बढी अमेरिकीहरूले गुमाउने बताएको छ।

अफगानिस्तानमा १८ वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप दुई पक्षबीच वार्ता भइरहेको थियो।

एउटा वक्तव्य जारी गर्दै तालिबान समूहले वार्ताको अन्तिम समयसम्म राम्रो भइरहेको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आइतवारका लागि क्याम्प डेविडमा तालिबान नेताहरूसँग बोलाइएको बैठक रद्द गरिएको कुरा शनिवार राति शृङ्खलाबद्ध ट्वीटमार्फत् जनाएका थिए।
एकजना अमेरिकी सैनिकको ज्यान जाने गरी हालै गरिएको एउटा हमलाको तालिबान समूहले जिम्मेवारी लिएपछि आफूले वार्ता रद्द गर्ने निर्णय गरेको ट्रम्पको भनाइ छ।

के योजना थियोरु
एउटा अनपेक्षित कदम चाल्दै ट्रम्पले मेरील्याण्ड रिट्रीटमा तालिबानका शीर्षस्थ नेता र अफगान राष्ट्रपति अशरफ गनीसहितको बैठकको चाँजोपाँजो मिलाएका थिए।

तालिबान समूहले अफगान सरकारलाई अमेरिकी कठपुतली भन्दै ऊसँग वार्ता नगर्ने बताउँदै आएकोले ट्रम्पले बोलाएको बैठकलाई गोप्य राखिएको जस्तो देखिएको थियो।

सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा अतिक्रमण गर्दै तालिबान सरकारलाई सत्ताबाट च्युत गरेको थियो। बीबीसी नेपाली सेवाबाट

सिफारिस