बिबिसी, भदौ २४ । चिनियाँ व्यवसायी हुयाङ यु आफ्नो प्रिय बिरालो ‘गार्लिक’ मरेपछि असाध्यै दु:खी भए।
तर उनलाई एउटा विचार फुर्यो।
किन क्लोन गरेर उस्तै बिरालो बनाउने प्रयत्न नगर्ने?
कुनै एउटा कोषबाट डीएनए निकालेर नयाँ जीव वा बिरुवा पैदा गर्ने विधि क्लोनिङको यस्तो प्रयोग बेइजिङमा भएको हो।
त्यहाँको एक बायोटेक कम्पनीले त्यसो गरिदिएपछि हुयाङ यु अहिले अति प्रसन्न भएका छन्।
तर घर पालुवा जनावरको क्लोनिङ विवादास्पद विषय हो।